Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाकाे लकडाउन खाेल्ने यस्ता छन् ३ चरण, यी क्षेत्र खुल्नेछन् पहिला ।

अष्ट्रेलियाकाे लकडाउन खाेल्ने यस्ता छन् ३ चरण, यी क्षेत्र खुल्नेछन् पहिला ।


ब्रिजवेन, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसका कारण भएको बन्दलाई खुकुलो बनाउँदै मुलुकलाई सामान्यतर्फ लैजाने घोषणा गरेका छन् ।

राजधानी क्यानबेरामा शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार प्रधानमन्त्री मोरिसनले देशमा लागु नियमकानुनलाई केही सहज बनाउँने योजना समेत सार्वजनिक गरेका छन् । उनले यसकालागि ३ चरणका योजना सार्वजनिक गरेका छन् । हरेक अष्ट्रेलियन जनता, उनीहरुको काम तथा भविष्य निकै महत्वपुर्ण भएको बताउँदै मोरिसले अष्ट्रेलियामा अब निम्न क्षेत्रहरुलाई चरणबद्धरुपमा खुल्ला गरिने घोषणा गरेका छन ।

कोरोनाका कारण बन्दभएको अर्थतन्त्र खुलाउने पहिलो लक्ष्य स्वरुप निम्न फुकुवा हुने भएको छ । पहिलो चरणमा १० जना सम्म भेला हुन र ५ जना सम्म पाहुनालाई आफ्नो घरमा बोलाउन वा भेटघाट गर्न सकिने भएको छ । यस अनुसार बन्द भएका क्याफे, पार्क तथा जिमखानाहरु आंशिक खुल्ला हुने भएका छन् । मृत्य संस्कारका लागि ३० जना सम्म बाहिर र भित्र १० जना भेला हुन पाईने छ ।

दोश्रो चरणमा, ३० जना सम्मलाई भेला हुन दिने योजना भएको छ । यसले मनोरञ्जन पार्क तथा ठुला कार्यक्रमहरुलाई सहज हुने छ । त्यस्तै एक राज्यबाट अर्को राज्यमा प्रवेश गर्न लगाईएको प्रतिबन्ध खुल्ला गर्ने योजना छ । तर दोश्रो चरणको यो योजना पहिलो चरणमा लागु गरिएको नियमको नतिजामा भर पर्ने छ ।

तेश्रो चरणमा, एक सय जना सम्मलाई भेला हुन दिने योजना सार्वजनिक गरिएको छ । त्यस्तै एक राज्यबाट अर्को राज्यको आवतजावत समेत खुल्ला हुने छ । रात्रीक्लब, ठुला कार्यक्रमहरु सञ्चालन हुने छन् । यी योजनाहरु हरेक २१ दिनमा पुनरावलोकन गरिने छ । माथीका ३ चरणका योजना अष्ट्रेलियाकाे संघिय सरकारले घोषणा गरेपनि राज्य सरकारले आफ्नै नियम बनाएर लागु गर्न सक्छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ