Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीलाई निशुल्क उडाउने । अहिले नै लिनुस् टिकट

कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीलाई निशुल्क उडाउने । अहिले नै लिनुस् टिकट

दोहास्थित हमाद अन्तराष्ट्रिय विमानस्थलस्थित कतार डिउटी फ्रिमा ३५ प्रतिशत छुट


ब्रिजवेन, कोरोना भाईरस नियन्त्रणमा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको मुल्यांकन गर्दै कतार एयरवेजले निशुल्क हवाई सेवा दिने भएको छ । कोरोना नियन्त्रणका लागि अग्रस्थानमा रहेका १ लाख स्वास्थ्यकर्मी र उनीहरुको एक जना नजिकको व्यक्तिलाई कतार एयरले निशुल्क उडान भर्ने मौका दिन लागेको हो ।

अन्तराष्ट्रिय नर्स दिवसको अवसर पारेर कतार एयरवेजले यस्तो घोषणा गरेको हो । कतार एयरको वेवसाइटमा दिइएको जानकारी अनुसार यो दुखको घडीमा सहयोग गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिन यस्तो प्याकेज घोषणा गरिएको हो ।
कतार एयरवेजले दुइतर्फी नभई फर्कनका लागि एकतर्फी टिकट दिन लागेको हो । कतारले उडान भर्ने विभिन्न देशबाट अष्ट्रेलिया, युरोप र मध्यपूर्वी देशहरुमा फर्कनका लागि एकतर्फी टिकट निशुल्क उपलब्ध गराउन लागेको हो ।
त्यस्तै निशुल्क टिकट पाउने स्वास्थ्यकर्मीले दोहास्थित हमाद अन्तराष्ट्रिय विमानस्थलस्थित कतार डिउटी फ्रिमा ३५ प्रतिशत छुट समेत पाउनेछन् ।
कतार एयरले जारी गरेको विज्ञप्तीमा भनिएको छ -‘हामीलाई सुरक्षित राख्न स्वास्थ्यकर्मीहरुले गरेको निस्वार्थ सेवा, बहादुरी र लगनशिलताको हामी उच्च प्रशंसा गर्छौ ।’
स्वास्थ्यकर्मीहरु डाक्टर, मेडिकल प्राक्टिसनर, नर्स, प्यारामेडिक, ल्याब टेक्निसियन, क्लिनिकल रिसर्चर र फर्मासिष्टहरुले यो सुविधा पाउनेछन् ।
टिकट कतार एयरको वेवसाइटमा बुक गर्न सकिन्छ । फष्ट कम फष्ट भएकाले अहिले नै टिकट बुक गर्नका लागि यो लिंकमा थिच्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ