Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुइन्सल्याण्डले शनिवारदेखि न्यु साउथ वेल्स र राजधानीसंग सिमा बन्द गर्ने

कुइन्सल्याण्डले शनिवारदेखि न्यु साउथ वेल्स र राजधानीसंग सिमा बन्द गर्ने


ब्रिजवेन,अन्य राज्यबाट आएका मानिसहरुबाट कोरोनाको जोखिम बढ्ने थालेपछि कुइन्सल्याण्डले आफ्नो सिमानामा झन कडाई गर्न थालेको छ । शनिवार अगष्ट ८ तारिखदेखि कुइन्सल्याण्डले न्यु साउथ वेल्स र राजधानी क्यानवेरासंग सिमा बन्द गर्न लागेको हो ।
कुइन्सल्याण्डकी प्रिमियर एनेस्थेसिया पालासेकका अनुसार अत्यावश्यक र घर फर्किनेबाहेकका अरुले प्रवेश पाउने छैनन् । यी दुइ स्थानबाट आएकाहरुले १४ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । सिमा क्षेत्रका बासिन्दा र ट्रक जस्ता अत्यावश्यक सेवाले मात्र सिमावार आउन पाउनेछन् ।

सिड्नी र मेलवर्नमा कोराना संक्रमण बढ्न थालेपछि यस अघि नै यी दुइ स्थानबाट कुइन्सल्याण्ड प्रवेशमा बन्देज लागिसकेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ