Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsपहिलो वानडे क्रिकेटमा अष्ट्रेलियाको भारत बिरुद्ध शानदार जित

पहिलो वानडे क्रिकेटमा अष्ट्रेलियाको भारत बिरुद्ध शानदार जित


ब्रिजवेन । सिड्नी क्रिकेट ग्राउन्डमा भएको पहिलो वानडे क्रिकेट अन्तर्गत अष्ट्रेलियाले भारतमाथि शानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा अष्ट्रेलियाका २ जना व्याट्सम्यानले शतक प्रहार गरेसँगै अष्ट्रेलियाले भारतमाथी ६६ रनको जित हात पारेको हो ।

घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर भारतमाथी ३७५ रनको चुनौती प्रस्तुत गरेको थियो । यस्तै, जवाफी ब्याटिङ गरेको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०८ रनमा समेटियो । घरेलु मैदानमा शानदार जीत दिलाउँन कप्तान ऐरन फिञ्च र स्टिव स्मिथले शतकीय पारी खेले । डेभिड वार्नरले अर्धशतकीय पारी खेले । ओपनर ऐरन फिञ्च र डेभिड वार्नरले १५६ रनको पार्टनरशीप खेलेका थिए ।

फिञ्चले १२४ बलमा ११४ रन र वार्नरले ७६ बलमा ६९ रन बनाए । फिञ्चले वन डे करियरमा १७ औँ र भारतविरुद्ध चौथो शतक प्रहार गरेका छन् । त्यस्तै स्मिथले ६२ बलमै वन डेमा आफ्नो १० औँ शतक प्रहार गरे । उनले ६५ बलमा १०५ रनको पारी खेले ।

भारतका लागि हार्दिक पाण्डेले सबैभन्दा बढी ९० रन बनाउँदा शिखर धवनले ७४ रनको योगदान गरे । नवदीप सैनि २९ रनमा अविजित रहे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ