Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतीन खेलको एकदिवसीय सिरिजमा भारतविरुद्ध अष्ट्रेलियाको सानदार जित

तीन खेलको एकदिवसीय सिरिजमा भारतविरुद्ध अष्ट्रेलियाको सानदार जित


काठमाडौं । अष्ट्रेलियाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा जित हात पारेको छ । आइतबार भएको दोस्रो एकदिवसीय खेलमा अष्ट्रेलियाले भारतलाई ५१ रनले पराजित गर्दै सिरिज जितेको हो ।

सिड्नी क्रिकेट ग्राउन्डमा अष्ट्रेलियाले जितका लागि दिएको ३९० रनको लक्ष्य भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३३८ बनायो । भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले । ८७ बल खेलेका कप्तान कोहलीले ७ चौका र २ छक्काको सहयोगमा ८९ रन जोड्दा ६६ बल खेलेका राहुलले ४ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए । भारतका लागि श्रेयस अ‍ैयरले ३८ रन बनाउँदा शिखर धावनले ३० रनको योगदान गरे । बलिङतर्फ अष्ट्रेलियाका लागि प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जोस हाजेउड र आदम जाम्पाले समान दुई–दुई विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३८९ रनको चुनौती प्रस्तुत गरेको थियो । अष्ट्रेलियाका लागि स्थिभ स्मिथले शतकीय पारी खेले । ६४ बल खेलेका उनले १४ चौका र २ छक्काको सहयोगमा १०४ रन बनाए । पहिलो म्याचमा समेत स्मिथले १०५ रन बनाएका थिए । त्यस्तै डेविड वार्नरले ८३,कप्तान एरोन फिन्चले ६०, मर्नुस लाबुशेनले ७० र ग्लेन म्यास्कवेलले २९ बलमा ६३ रन बनाए । उनले २५ बलमा अर्धशतक पूरा गरे । भारत र अष्ट्रेलियाबीचको अन्तिम एकदिवसीय खेल मंगलबार हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ