Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड


काठमाडौं । युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो वर्षको गोल्डेन फुट अवार्ड हात पारेका छन् । लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाहलाई पछि पार्दै रोनाल्डोले अवार्ड हात पारेका हुन् । रोनाल्डोले पहिलो पटक यो अवार्ड हात पारेका हुन् ।

मनोनयनमा परेका १० खेलाडीमध्ये रोनाल्डोले सर्वाधिक मत ल्याएका कारण अवार्डका लागि योग्य ठहरिएका थिए । मनोनयनमा रोनाल्डो, मेस्सी, लेवान्डोस्की, सलाहसँगै नेयमार, जर्जियो चेलीनी, सर्जियो रामोस, सर्जियो अग्युरो, जेरार्ड पिके र अर्टुरो भिडाल रहेका थिए । गत वर्ष यहि अवार्ड रियल मड्रिडका लुका मोड्रिचले पाएका थिए ।

मोनाकोमा आयोजित एक कार्यक्रममा रोनाल्डोलाई उनको फुट प्रिन्ट प्रदान गरिने जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ