Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsबेस्ट फिफा अवार्ड मनोनयनको अन्तिम तीनमा पर्ने खेलाडी तथा प्रशिक्षक

बेस्ट फिफा अवार्ड मनोनयनको अन्तिम तीनमा पर्ने खेलाडी तथा प्रशिक्षक


काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्डको विभिन्न विधा अन्तर्गत अन्तिम ३ मा परेका खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ । डिसेम्बर १७ तारिखमा आयोजना हुने अवार्ड प्रतियोगिताका लागि उत्कृष्ट पुरुष र महिला खेलाडीसहित विभिन्न ७ विधाको अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक गरिएको हो ।

पुरुष उत्कृष्ट खेलाडीतर्फ क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी र रोवर्टो लेवान्डोस्की परेका छन् । यसअघि फिफाले सार्वजनिक गरेको ११ खेलाडीको मनोनयनबाट अन्तिम ३ खेलाडी छनोट गरिएको हो । बेस्ट अवार्ड अन्तर्गत महिला र पुरुष उत्कृष्ट खेलाडीसहित महिला र पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ताले पाउने अवार्डको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन समेत सार्वजनिक गरिएको छ ।

मनोनयनको अन्तिम ३ मा पर्नेहरुको सूची यस्तो छ

दी बेस्ट फिफा मेन्स प्लेअर : लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की ।

दी बेस्ट फिफा वुमन्स प्लेअर : लुसी ब्रोन्ज, पर्निल हार्डनर, वेन्डी रेनार्ड ।

दी बेस्ट फिफा वुमन्स गोलकिपर : साराह बउहाडी, क्रिस्टियन एनडलर, एलिसा नाएहर ।

दी बेस्ट फिफा मेन्स गोलकिपर : एलिसन बेकर, मानुएल नोए, जान ओब्लाक ।

दी बेस्ट फिफा वुमन्स कोच : एम्मा हायस, जिएन लुसी भासेर, सारिना विगमन ।

दी बेस्ट फिफा मेन्स कोच : मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, योर्गन क्लोप ।

फिफा पुस्कास अवार्ड : जिओर्जिएन्ड अरास्काएटे, हेउन मिन सन, लुइस सुआरेज ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ