Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएक्सपर्ट नेपलिज क्रिकेट क्लबले जित्यो ब्रिजवेनको एम्पाएर कप

एक्सपर्ट नेपलिज क्रिकेट क्लबले जित्यो ब्रिजवेनको एम्पाएर कप


ब्रिजवेन
ब्रिजवेनमा ६ महिनादेखि जारी एम्पाएर टि २० कपको उपाधी एक्सपर्ट नेपलिज क्रिकेट क्लबले चुमेको छ । फाइनलमा नेपलिज क्रिकेट क्लब टोअम्बालाई ४ विकेटले हराउदै एक्सपर्टले उपाधी आफ्नो हात पारेको हो ।
आइतबार ब्रिजेवनको डारा क्रिकेट मैदानमा सम्पन्न भएको फाइनल खेलमा टोअम्बा क्रिकेट क्लबले पहिले ब्याटिङ गर्दै एक्सपर्ट सामु १२० रनको चुनौती दिएको थियो । ६ विकेट खर्च गर्दै एक्सपर्टले निर्धारित रन पुरा गरि विजय लक्ष्य समातेको थियो ।
३० डिग्री तापक्रम र चर्को घामको प्रवाह नगरी खेलाडीहरुले आफ्नो टिमलाई जिताउन भरपुर मेहनत गरेका थिए । विजयी टिमले शिल्ड र एक हजार डलर नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा बिक्रम सापकोटा वेष्ट ब्याट्सम्यान घोषित हुनुभयो भने बेष्ट बलरबाट अमित लोहनी पुरस्कृत हुनुभएको छ । म्यान अफ द सिरिज पनि बिक्रम सापकोटाले नै पाउनु भएको छ भने फाइनलको म्यान अफ द म्याच भने मनिष श्रेष्ठ हुनुभएको छ ।
कुइन्सल्याण्डका ८ वटा नेपाली क्रिकेट टिमबिच भएको टि २० खेलमा यी दुइ टिम फाइनलमा पुग्न सफल भएको हो । अष्ट्रेलियामा नेपाली क्रिकेटलाई प्रवर्धन गर्न कुइन्सल्याण्ड नेपलिज नेपलिज क्रिकेट एशोसियसनले प्रतियोगिताको आयोजना गरेको हो । कपको मुख्य सहयात्रीका रुपमा एम्पाएर एजुकेशन तथा भिषा सर्भिसेसले साथ दिएको छ । Photo- Arun Tiwari

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ