युरोपेली राष्ट्रले प्रतिबन्ध फुकुवा गरे भयावह अवस्थाको सामना गर्नुपर्छ : डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनले यूरोपेली राष्ट्रहरुलाई कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लगाइएको प्रतिबन्ध फुकुवा नगर्न चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध हटाए यूरोपमा पनि भारतको जस्तै महासंकटको अवस्था सृजना हुन सक्नेतर्फ सचेत गराएको हो ।
संगठनका प्रमुख हैन्स क्लूगले संक्रमणबाट जोगिन गरिएको प्रतिबन्ध फुकुवा गर्दा भीडभाड बढ्ने र कोरोनाको आँधी आउन सक्ने चेतावनी दिनुभयो । भारतको जस्तो अवस्था अरु देशमा पनि आउन सक्नेतर्फ उहाँले सचेत गराउनुभएको छ । हालै यूरोपका केही देशहरुले कोभिड–१९ का कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्ने बताउँदै आएका छन ।
तपाईको प्रतिक्रिया