NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

बालेन शाह नेतृत्वको सरकारले ६ महिनामा गरेका छ काम

नेपालट्युब

हिजो प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो ६ महिनाको कार्यकालमा भएका कामको सूची सार्वजनिक गरेको छ।

पहिलो, मन्त्रालयको संख्या घटाइएको छ। सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेको जनाएको छ।

दोस्रो, शासकीय सुधार। सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह’ सञ्चालन गरिएको छ। साथै सय बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा ल्याइएको छ।

तेस्रो, सरकारी जग्गा र बेथितिको छानबिन। रावल आयोग २०५२ को प्रतिवेदन र सरकारी क्षेत्रमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२ को प्रतिवेदन कार्यान्वयनमा ल्याइएको छ।

राजदूत नियुक्तिमा खुला प्रतिस्पर्धा। राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरी १३ जनाको नाम सिफारिस गरिएको छ।

विदेशमा समस्यामा परेका नेपालीको उद्धार। सरकारका अनुसार ६ महिनामा करिब २ हजार नेपाली नागरिकको उद्धार गरिएको छ।

सरकारी सेवा डिजिटल बनाइएको छ। जन्मदर्ता, नागरिकता र राष्ट्रिय परिचयपत्रका प्रणालीबीच अन्तरआवद्धता कायम गरी अटो फिलको व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीको श्रम स्वीकृति पनि पूर्णस्वचालित बनाइएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार