नेपाललाई कोरोना खोप सहयोग गर्ने अमेरिकी घोषणाले राजदूत बेरी उत्साहित
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाललाई भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राजदूत बेरीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताउनुभएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले २ करोड ५० लाख डोज कोभिड–१९ विरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसँगै नेपालमा पनि खोप आउने भएको छ । नेपाल सहित दर्जन बढी मुलुकलाई ७० लाख खोप दिने घोषणा गरिएको छ । नेपालको भागमा कति पर्छ भन्ने अझै टुगो लागेको छैन । तर अमेरिकाबाट खोप आउने भने निश्चित जस्तै भएको छ ।
यसलाई अमेरिकाले सुरुवात भनेको छ । अमेरिकाले नेपाललाई खोप दिने भएपछि नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी ट्वीटरमार्फत यस्तो भन्नुभएको छ ।
तपाईको प्रतिक्रिया