Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsभब्य उद्घाटनकाबीच युरोकप सुरु, इटालीले गर्यो सानदार सुरुवात

भब्य उद्घाटनकाबीच युरोकप सुरु, इटालीले गर्यो सानदार सुरुवात


एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल शुक्रबार रातिबाट सुरु भएको छ । इटालीको रोममा एक भब्य समारोहकोबीच युरोकप फुटबल सुरु भएको हो । रोमस्थित ओलम्पिक स्टेडियममा भएको उद्घाटन खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि इटालीलाई जित दिलाउन हाफ टाइमपछि सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै समूह ए को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यस पटकको युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ ।

युरोकपमा आज राती समूह ’ए’ को एक खेल र समूह ’बी’ दुई खेल हुनेछन । नेपाली समय अनुसार साँझ ६ः४५ बजे समूह ’ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यस्तै समूह ’बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच राति ९ः४५ बजे र दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुँदैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ