Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुरोकपको क्वाटरफाइनलका खेल शुक्रबारबाट, यस्तो हुँदैछ भिडन्त

युरोकपको क्वाटरफाइनलका खेल शुक्रबारबाट, यस्तो हुँदैछ भिडन्त


एजेन्सी । युरोकप फुटबल अन्तर्गत विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको क्वाटरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको अन्तिम खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भयो ।

यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् । तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार मानिएका टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् । अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।

क्वाटरफाइनल समीकरण यस्तो छ
शुक्रबार राति ९ : ४५ बजे–स्विट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२ : ४५ बजे–बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९ : ४५ बजे–चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२ :४५ बजेयुक्रेनविरुद्ध इंग्ल्यान्ड

ग्रुप अफ डेथका सबै टोली आउट
युरो २०२० सुरु हुनुअघि समूह एफको खुब चर्चा थियो । साविक विजेतासहित तीन पूर्व विजेता रहेको यस समूहलाई ‘ग्रुप अफ डेथ’को रुपमा चर्चित बनाइएको थियो । २०१६ को विजेता पोर्चुगल विश्व विजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको युरो विजेता जर्मनी यसै समूहमा रहेकाले पनि चर्चा स्वभाविक थियो । तर यस समूहबाट तीनवटै पूर्व विजेता समूह चरण पार गर्दै अन्तिम १६ बाट आउट भएका छन् । युरोको १६ औं संस्करणमा २४ टिमले प्रतिस्पर्धा गरेकोमा १६ टिमले नकआउट चरणमा प्रवेश पाउँथे । त्यसैले ६ वटा समूहको शीर्ष दुई टोलीसँगै तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ मा पुगे । समूह एफबाट फ्रान्स समूह विजेता र जर्मनी समूह उपविजेताको रुपमा र पोर्चुगल समूहमा उत्कृष्ट तेस्रो भित्र पर्न सफल हुदा नकआउट चरणमा पुगेको थियो । तर तीन पूर्व विजेता पनि अन्तिम १६ बाट अघि बढ्न सकेनन् ।

मंगलबार राति भएको खेलमा जर्मनी इंग्ल्याण्डसँग २–० ले पारजित भयो । साविक विजेता पोर्चुगल बेल्जियमसँग १–० ले पारजित हुँदा, विश्वविजेता तथा साविक उपविजेता फ्रान्स स्विट्जरल्याण्डसँग पेनाल्टीसुटआउटमा ५–४ ले पराजित भयो । उपाधि दाबेदार मानिएको तीनवटै पूर्व विजेता आउट भएपछि युरो २०२० थप रोमाञ्चक बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ