Techie IT
Monday August 2, 2021  |   सोमवार, साउन १८, २०७८
गृहपृष्ठ » News » कोपा अमेरिका : बुधबार अर्जेन्टिना र कोलम्बियाको अग्नि परिक्षा, ब्राजिल फाइनलमा

कोपा अमेरिका : बुधबार अर्जेन्टिना र कोलम्बियाको अग्नि परिक्षा, ब्राजिल फाइनलमा


95 Views

एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा पुगेको छ । सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।

ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरेका थिए । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता मानिने कोपा अमेरिका ब्राजिलमा सञ्चालन भईरहेको छ । नेयमार प्रेरित ब्राजिल उपाधिको नजिक पुगेको छ ।

ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलको खेल नेपाली समय अनुसार बुधबार बिहान हुनेछ । यो खेलसँगै फाइनल खेलको समिकरण पुरा हुनेछ ।

क्याटेगोरी : News, Sports



प्रतिक्रिया दिनुहोस

-Advertisement-