
अघिल्लो शनिवार सिड्नीको तामारामा समुन्द्री तटमा झण्डै ६० जना नेपाली विद्यार्थी भेला भए । भिजन फर मोटिभेसन युवा समुहको निम्तोमा उनीहरु त्यहा पुगेका थिए । समुन्द्रमा कसरी सुरक्षित पौडी खेल्न सकिन्छ भनेर समुहले एक दिने तालिमको चाजोपाजो मिलाएको थियो ।
नेपाली विद्यार्थीहरु पौडी खेल्दा समुन्द्रमा डुबेर ज्यान गुमाउने घटना बढेको भन्दै समुहले यस्तो तालिमको व्यवस्था गरेको छ ।
तामारामा सर्फ क्लबसंगको सहकार्यमा भिजन फर मोटिभेसनले अघिल्लो वर्षदेखि यस्तो तालिम गर्दै आएको छ ।
त्यहि तालिम स्थलको ग्राउण्ड जेरोबाट तयार पारिएको विशेष रिपोर्ट हेर्नुहोस् ।
समुन्द्रमा यसरी जोगिनुस् Beach Safety By VFM 2019
समुन्द्र बारे सामान्य कुरा पनि नजान्दा नेपालीले ज्यान गुमाइरहेका छन् । अष्ट्रेलियामा वर्षेनी कम्तिमा ३ नेपाली डुबेर मर्न थालेपछि, भिजन फर मोटिभेसन (VFM) युवा समुहले समुन्द्र बारे ज्ञान दिन यस्तो जुक्ती निकालेका छन् #VFM#BeachSafety#NepalTubewww.nepaltube.com.au
Posted by Nepal Tube Australia on Tuesday, January 15, 2019