Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामै बन्यो भजन- ‘मलाई पनि बच्चा बनाउन’ (भिडियोसहित)

अष्ट्रेलियामै बन्यो भजन- ‘मलाई पनि बच्चा बनाउन’ (भिडियोसहित)


एडिलेड / दक्षिण अस्ट्रेलियाको एडिलेडमा बस्दै आउनु भएकी सरिता निरौलाले आफ्नो पहिलो सृजना सार्वजनिक गर्न भएको छ । ‘मलाई पनि बच्चा बनाउन’ बोलको अध्यात्मिक गीत आइतबार सार्वजनिक गर्नुभएको हो ।
अस्ट्रेलियामा रहेका नेपालीले मायाप्रेम लगायतका संगीत सृजना गरिरहेको अवस्थामा आफ्नो भजन पृथक हुने निरौलाको भनाई छ ।

भगवानसँगको लगाव र प्रेमलाई ब्यक्त गरिएको यो गीत कुनै धर्मप्रति लक्षित नभएको पनि निरौलाले बताउनुभयो । ‘यो गीतमार्फत मैले भगवानसँग नजिक हुँदा महसुस हुने अनुभव र शान्तिलाई ब्यक्त गर्ने प्रयास गरेकी छु ’ निरौलाले भन्नुभयो – ‘आफुले नियमित गर्ने राजयोग ध्यानद्धारा बटुलेको पहिलो अनुभवलाई गीतका रुपमा ब्यक्त गरेकी हुँ ।’
सो गीतमा स्वर, रचना र कम्पोज निरौला आफैले गर्नुभएको हो भने नेपालस्थित सुरेन्द्र श्रेष्ठले संगीत कम्पोज गरेका हुन् । गीत एडिलेडमा रहेको भिएम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । करिब ६ महिनाको तयारीपछि गीत बनेको र यसले फरक किसिमको सांगीतिक आनन्द दिने निरौलाको विश्वास छ । अहिलेसम्म अस्ट्रेलियाबाट धेरै राम्रा माया प्रेम लगायतका संगीतहरु सृजना भइरहेका भएपनि आध्यात्मिक संगीत भने यो पहिलो हुनसक्ने दाबी समेत गरेकी छिन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ