Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुइन्सल्याण्डको केन्समा भव्य बन्यो दशैं

कुइन्सल्याण्डको केन्समा भव्य बन्यो दशैं


केन्स/उत्तरी कुइन्सल्याण्डको केन्समा पनि नेपालीको बसोबास बाक्लो बन्दै गएको छ । नेपालीको बसोबास बढेसंगै सार्वजनिक रुपमै दशैं मनाउने क्रम पनि सुरु भएको छ । यसै साता केन्समा नेपालीहरु मिलेर सामुहिक रुपमा दशैं मनाएका छन् । केन्स नेपलिज कम्युनिटीले दशैंको कार्यक्रम आयोजना गरेको हो ।

वेष्टकोटस्थित सिनियर सिटीजन हलमा भएको कार्यक्रममा १ सय भन्दा बढी नेपाली सहभागी भएको केन्स निवासी निराजन लुइटेलले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली परिकार, नृत्य र संगितको विशेष माहौल बनेको थियो । कार्यक्रममा नेपालीपन दिनका लागि लंगुरबुर्जा समेत खेलाइएको थियो । सहभागीहरुलाई कम्युनिटीले निशुल्क नेपाली परिकारको समेत व्यवस्था गरेको थियो । कार्यक्रमको संयोजन सरोज भट्टराईले गर्नुभएको थियो । कम्युनिटीले नेपाली संस्कृतिलाई निरन्तरता दिन तथा दशैंको शुभकामना आदन प्रदान गर्न वार्षिक रुपमै ण्दशैंको कार्यक्रम गर्दै आइरहेको कम्युनिटीका अध्यक्ष भद्रध्वज गुरुङले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ