Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकेन्यालाई हराउँदै नेपालले जित्यो टी–२० शृङ्खला !

केन्यालाई हराउँदै नेपालले जित्यो टी–२० शृङ्खला !


काठमाडौं । केन्यालाई ३१ रनले हराउँदै नेपालले टी–२० शृङ्खला आफ्नो पक्षमा पारेको छ । पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले शृङ्खला कब्जा गरेको हो ।

नैरोबीको जिमखाना क्रिकेट मैदानमा नेपालले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन मात्रै बनायो । केन्याका लागि नेहेमिह ओधिआम्बोले ३७ र शेम एनगोचेले ३३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले समान दुई दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७६ रनको चुनौँती प्रस्तुत गरेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगोचे र नेहेमिह ओधिआम्बोले दुई–दुई विकेट लिए ।

यसअघि शृङ्खलामा नेपालले पहिलो र तेस्रो खेल जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको थियो । नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला समेत खेल्दैछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका तय भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ