नेपाल र श्रीलङ्काबीचको खेल रद्द, बाडियो १-१ अंक
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएसँगै अंक बाडिएको छ । अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने भनिएको खेल वर्षका कारण रद्द भएपछी नेपाल र श्रीलंकाले १-१ अंक बाडेका हुन् ।
नेपाली समय अनुसार विहान ५ बजेर १५ मिनेटमा निर्धारित खेल हेर्न रंगशालामा बाक्लो संख्यामा उपस्थित भएका नेपाल समर्थक निराश बन्दै फर्किएका छन् । वर्षाका कारण ढिलाइ भएको खेल हुने आशामा टेलिभिजन लाइभको प्रतीक्षामा बिहानैदेखि बसेका नेपाली समर्थक समेत निराश बन्न पुगे ।
नेपालले पहिलो पटक श्रीलंकासंग खेल्ने मौका गुमाएको छ । नेपालले एक टेस्ट राष्ट्रसँग खेल्ने मौका गुमाउदा जितको लक्ष्यसहित मैदान उत्रिएका खेलाडी समेत निरास बन्न पुगे ।
तपाईको प्रतिक्रिया