प्रतिनिधिसभा विघटनविरुद्ध सांसदको हस्ताक्षरसहित दायर रिटमा आज पेसी
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार ६८ सांसदहरुको वारेसमार्फत् रिट दायर गर्नुभएको हो ।
यसअघि प्रतिनिधि सभा विघटनविरुद्द गत मंसिर १० गते नेकपा एमालेका ७५ सांसदहरुले र मंसिर २३ गते कांग्रेसका ८ जना सांसदहरुले रिट दायर गर्नुभएको थियोे । यही पुस २ गते सर्वोच्चले ८ सांसदको रिटमा कारण देखाउ आदेश जारी गरेको थियो । सबै रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनर्स्थापनाको माग गरिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि प्रतिनिधि सभा विघटन गरी २७ गते सुशीला कार्की नेतृत्वको चुनावी सरकार गठन भएको थियोे ।
















तपाईको प्रतिक्रिया