रोहित पौडेल एसपीजी अटोमोबाइल्सको नयाँ ब्राण्ड एम्बासडर,पाए एनपीएलमा जितेको कार
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सको नयाँ ब्राण्ड एम्बासडर बन्नु भएको छ । कम्पनीले आज एक कार्यक्रम गरेर यसअघिका ब्राण्ड एम्बासडर दीपेन्द्र सिंह ऐरीलाई सम्मान गर्दै पौडेललाई नयाँ ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।

पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन-२ को उपाधि जितेको थियो । पूर्व घोषणा अनुसार नै एसपीजी अटोमोबाइल्सले पौडेललाई जे फाइभ ईभी गाडी प्रदान गरेको छ । साथै गाडीमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ ।

एनपीएल सिजन १ बाट कम्पनीले दीपेन्द्र सिंह ऐरीलाई ब्राण्ड एम्बासडर बनाएको थियोे । Photo-NPL
















तपाईको प्रतिक्रिया