अष्ट्रेलियामा तमू ल्होछार भव्य रुपमा मनाइदै । सिड्नीमा जनवरी ४ मा विशेष कार्यक्रम
व्रिजवेन
गुरुङ समुदायको नयाँ वर्ष तमू ल्होछार अष्ट्रेलियाको विभिन्न शहरहरुमा धुमधामले मनाइदैछ ।
पुष १५ लाई गुरुङ समुदायले वर्ग फेरिने दिने अर्थात नयाँ वर्षको रुपमा मनाउदै आएका छन् ।
यो वर्ष मृग वर्गलाई बिदाई गरि मुसा वर्गलाई स्वागत गरिदैछ ।
गुरुङ पात्रोमा १२ वटा जनावरहरु हुन्छन् । हरेक पुस १५ मा जनावर फेरिन्छन् र त्यहि जनावरले एक वर्षसम्म शासन गर्छ । जुन वर्गमा मानिसको जन्म भयो उसलाई त्यहि वर्गले पुकारिने चलन छ ।
सोमबार ब्रिजवेनका गुरुङले ल्होछार मनाएका छन् । पश्चिमी ब्रिजवेनको मिचेल्टनस्थित सामुदायिक भवनमा ल्होछार मनाइएको हो ।
तमू समाज ब्रिजवेनले ल्होछारको कार्यक्रम आयोजना गरेको हो । सन् २००६ देखि नै ब्रिजवेनका गुरुङहरुले सार्वजनिक स्थलमा भेला भएर ल्होछार मनाउन थालेका हुन् । सामुदायिक भवनमा औपचारिक कार्यक्रम गरेर ल्होछार मनाउन थालेको चाहि यो तेस्रो वर्ष हो ।
आफ्नो मौलिख भेषभुषामा सजिएका गुरुङ युवा युवतीले सांस्कृतिक कार्यक्रम सुरु हुनुअघि तमूहरुको परम्परागत खेल छेलो हान्ने र डोरी तान्ने प्रतिष्प्रधा गरेका थिए ।छेलो/ठेलो हान्ने प्रतियोगितामा सिङ्गराज गुरुङ पहिलो भए भने प्रेम गुरुङ दोस्रो हुन सफल भए । झण्डै पाच किलो तौलको फलामको डल्लोलाई एउटा हातले जसले टाढा फाल्न सक्यो उनै विजेता हुने चलन छ ।
ल्होछार कार्यक्रममा गुरुङ युवायुवतीले परम्परागत बाजा खैजडी र मादल बजाएर चुट्का र कौडा भाकामा गित र नृत्य प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रममा नेपाली समाजमा योगदान पु¥याउने व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।
सिड्नीमा जनवरी ४ मा
सिड्नीका गुरुङ समुदायले आउदो जनवरी ४ तारिखमा तमू ल्होछार मनाउने भएको छ । तमू समाज सिड्नीको आयोजनामा हुन लागेको ल्होछार कार्यक्रममा मलाई एकताको सन्देशको रुपमा मनाउन लागिएको हो ।
तमू ल्होछार कार्यक्रम सिड्नीको हर्जविलस्थित मराना अडिटरिम हलमा हुने आयोजकले जानकारी गराएको छ । कार्यक्रममा गुरुङ नाच, गित, खनपिन र झाँकी प्रस्तुत गरिनेछ । ल्होछारका लागि नेपालबाट गायिका मिलन अमात्य आउदैछिन् । अष्ट्रेलियामा बढ्दो तमु समुदायका नयाँ पुस्तालाई तमू संस्कार सिकाउन ल्होछार महत्वपुर्ण भएको समाजका अध्यक्ष दिनेश गुरुङले जानकारी दिए । त्यस्तै तमुहरुलाई एकै ठाउमा ल्याउन पनि ल्होछार महत्वपुर्ण रहेको गुरुङको भनाई थियो ।
त्यसो त, सन् २००५ देखि तमू ल्होछार कार्यक्रम भव्य हुदै आएको छ । झण्डै एक हजार भन्दा बढीको सहभागि रहने ल्होछारमा अन्य समुदायका मानिसको पनि बाक्लो सहभागिता रहदै आएको छ । सन् १९९६ मा गठन भएको तमू समाज सिड्नीले अष्ट्रेलियामा गुरुङ संस्कृति संरक्षणमा महत्वपुर्ण भूमिका खेल्दै आएको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
तपाईको प्रतिक्रिया