Sunday, 22 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleकाठमाडौंका नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर

काठमाडौंका नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर

कसरी गर्छ काम ?


काठमाडौं । काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान गरिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले ६५ लाख खर्च गरेर नदीभित्र यस्ता बेरियर राखेको हो ।

गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तीलगंगामा, मनोहरा र बागमतीको दोभानमा, युएन पार्कमा र कर्मनाशा मिसिने ठाउँ बालकुमारी समेत गरेर ६ ठाउँमा यस्ता बेरियर जडान गरिएको छ। आयोजनाका उपनिर्देशक उद्धव नेपालले ट्रास बेरियरले नदीमा तैरिने फोहोरहरु जस्तै प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्राहरु, फोम लगायतका तैरिँदै बगेर आउने वस्तुलाई रोक्ने र एकै ठाउँबाट संकलन गर्न सजिलो हुने बताउनुभयो ।

परिक्षणको रुपमा सुरु गरिएको अभियान प्रभावकारी देखिए पनि बर्खा सिजनमा कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीहरुमा राख्ने योजना बनाइएको छ । पानीको सतह घटबढ हुँदा बेरियर आफैं तलमाथि भएर फोहोरलाई रोक्ने गरेको छ । Photo-NPL

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ