महराजगंजस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा
काठमाडौं । जेन जी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको महराजगंजस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ लगायतले आज विशेष पूजा गरी सुपरमार्केट पुन: सञ्चालन ल्याइएको हो । आन्दोलनका क्रममा पूर्ण रुपमा क्षति पुगेको सुपरमार्केटको भवन करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माण गरेपछि आजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको छ ।

आन्दोलनमा क्षति पुगेका भाटभटेनीलाई मर्मत तथा पुन:निर्माण गरेर धमाधम सञ्चालन गरिदैछन् । भाटभटेनीले जेनजी आन्दोलनमा ठूलो क्षति व्यहोर्नुपरेको थियोे । Photo- NPL

















तपाईको प्रतिक्रिया