एनआरएनए अष्ट्रेलियाको फेक सदस्यता प्रकरण
अदाल पुग्यो विवाद,के भन्छ एनआरएनए अष्ट्रेलिया?
काठमाडौं । एनआरएनए अष्ट्रेलियाको फेक सदस्यता प्रकरणको विवाद अदालत पुगेको छ । जुलाई २५, २०२५ को एनआरएनए अष्ट्रेलिया निर्वाचनको समयमा Bulk पेमेन्टबाट ३८३ फेक सदस्य बनाईएको भन्दै सुरु भएको सदस्यता बिवाद अदालत पुगेको हो ।
भिक्टोरियाका एनआरएनए अभियन्ता सनराइज ज्ञवालीले एनआरएनए भित्र गरिएको गुनासो र निवेदन सुनुवाइ नभएको भन्दै सुप्रिम कोर्ट अफ भिक्टोरियाको कमर्सियल कोर्टमा मार्च २५ मा मुद्दा दर्ता गर्नुभएको हो । करिब एक महिनापछि मुद्दा दर्दा भएको र यो मुद्दा राजनीति नभएर एनआरएनए अष्ट्रेलियालाई सुधार गर्ने अभियान भएको नेपालट्युबसँग बताउनुभएको छ । सन २०१८ मा अष्ट्रेलिया पुग्नुभएका ज्ञवालीले आफू अझै विद्यार्थी भिसामै रहेको,सिमित व्यक्तिको स्वार्थ र सिण्डिकेटबाट एनआरएनएलाई सिंगो अष्ट्रेलियाका नेपालीको साझा संस्था बनाउन यस्तो गर्नुपरेको बताउनुभएको छ । एनआरएनए अष्ट्रेलियाका २ नेतृत्व भिक्टोरियाका १ र एनआरएनए अष्ट्रेलियालाई विपक्षी बनाइएको रिटमा १४ वटा माग राखिएका छन् ।
के भन्छ एनआरएनए अष्ट्रेलिया ?
केस दर्ता भएको खबर आएको जानकारी दिदै एनआरएनए अष्ट्रेलिया अध्यक्ष सन्तोष कुँवरले बोर्डमा छलफल गरेर आवश्यकता अनुसार कानुनी रुपमा अघि बढ्ने नेपालट्युबसँग बताउनुभयो । एनआरएनए समाजिक संस्था भएको र हामी सबै स्वयमसेवी भएको समेत उहाँले बताउनुभयो । संस्थामा कमीकमजोरी भएमा पारदर्शी ढंगले सुधार गर्ने र सुदृढ बनाउने प्रतिबद्धता समेत अध्यक्ष कुँवरले गर्नुभएको छ ।















तपाईको प्रतिक्रिया