कुइन्सल्याण्डमा आज साँझबाट कोरोना प्रतिबन्ध झनै खुकुलो । यस्ता छन् परिवर्तनहरु
व्रिजवेन/कोरोना संक्रमण दर शुन्यमा झरेपछि कुइन्सल्याण्ड राज्यमा सामाजिक दुरी र मास्कको प्रतिबन्धहरु थप खुकुलो बनाइएको छ । आज शुक्रबार साझ ४ बजेदेखि रेष्टुरेन्ट, पब, क्याफे र क्लबहरुमा पहिले भन्दा दोब्बर पाहुना स्वागत गर्न मिल्ने भएको हो । यसअघि ४ वर्गमिटरको प्रतिबन्ध हटाएर प्रतिव्यक्ति दुइ वर्ग मिटर बनाइएको हो ।
त्यस्तै घरमा १ सय जनासम्म पाहुना बोलाउन सकिने भएको छ । त्यस्तै अस्पताल र एजकेयर होमहरुमा भिजिटरलाई समेत अनुमति दिइने भएको छ । त्यस्तै मास्कको समेत प्रतिबन्धहरु खुकुलो पारिएको छ । सामाजिक दुरी कायम गर्नै नसकिने स्थानहरु जस्तै सुपरमार्केट बाहेक अन्यत्र मास्क लगाउनु पर्दैन । यदपी सामाजिक दुरी कायम गर्न अप्ठ्यारो परेमा जहाकही पनि मास्क लगाउन सरकारले अपिल समेत गरेको छ । त्यस्तै विद्यालयमा शिक्षकले पढाउने बेला मास्क लगाउनुपर्नेछैन ।
१० दिनअघि समुदायमा कोरोना देखिएपछि राज्यको दक्षिण पुर्वी क्षेत्र अर्थात ब्रिजवेन र गोलकोष्ट लगायका स्थानमा प्रतिबन्धहरु थप गरिएको थियो । शुक्रबार बिहानसम्म १५ हजार भन्दा बढीमा गरिएको परिक्षणमा शुन्य संक्रमण देखिएपछि थपिएका प्रतिबन्धहरु हटाइन लागेको हो ।
तपाईको प्रतिक्रिया