Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएनआरएनए अष्ट्रेलियाको मतदाता विवरण छानबिनको माग गर्दै अनलाईन हस्ताक्षर सुरु ।

एनआरएनए अष्ट्रेलियाको मतदाता विवरण छानबिनको माग गर्दै अनलाईन हस्ताक्षर सुरु ।


सरल गुरुङ/ब्रिजवेन

हालै सम्पन्न गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा मतदाताको विवरण फरक परेको भन्दै छानविनको माग गरिएको छ ।
मेलवर्नमा बस्ने गणेश गौतमले मतदान प्रकृयाकै प्राविधिक परिक्षण गर्न माग गर्दै अनलाईनबाट हस्ताक्षर सुरु गरेका छन् ।
सम्बन्धित निकायलाई दवाव सृजना गर्न विश्वभरी नै लोकप्रिय साइट चेन्ज डट अर्जमा गौतमले पेटिसन अर्थात अनलाईन हस्ताक्षर अभियान सुरु गरेका हुन् ।
मंगलबारबाट थालिएको अभियानमा यो समाचार तयार पार्दासम्म १ सय ९५ जनाले हस्ताक्षर गरिसकेका छन् ।
हस्ताक्षर अभियानको विवरणमा लेखिएको छ- “एनआरएनए अष्ट्रेलिया निर्वाचन २०१९ २०२१ विधान अनुसार भएको छैन । फर्जी सदस्यता वितरणबारे कार्यसमिति सदस्य र साधारण सदस्यहरुले उठाएका प्रश्नलाई समेत समितिले वेवास्ता गरेको छ । हामीले पटक पटक उठाउदै आएको यो गम्भिर विषयलाई तत्कालिन कार्यसमिति र हालको निर्वाचन आयोगले समेत सम्बोधन गरेन । “

त्यस्तै जम्मा मतदाता संख्या, उमेद्वारले पाएको मत र खसेको मतमा थुप्रै अन्तरहरु देखिएकाले गडवडी भएको स्पष्ट देखिने दावी गरिएको छ ।
हस्ताक्षर विवरणमा अघि भनिएको छ -“निर्वाचन आयोगद्वारा प्रकाशित नतिजा कम्प्युटरले स्वत देखाएको नभई अनलाईन भोटिङको जिम्मा पाएको भेरो भोटिङ कम्पनीको लेटर हेडमा पछि लेखिएको नतिजा हो । पछि टाइप गरेर लेखिएको नतिजामा थपघट गर्न सक्ने थुप्रै अवस्था हुने भएकाले त्यस्तो नतिजामा हामी विश्वास गर्दैनौ । त्यसैले सम्पुर्ण निर्वाचन प्रकृया कै कुनै स्वतन्त्र निकायबाट प्राविधिक परिक्षणको माग गर्दैछौ” ।

हस्ताक्षरमा सहभागीहरुले यसको छानविन छिटो होस् भनेर समेत कमेन्ट गरेका छन् ।
जसमध्ये निरु मिश्रले कमेन्टमा लेखेका छन् -“यो असाध्यै संवेदनशिल विषय हो । जतिसक्दो चाडो समाधान गरियोस् “। त्यस्तै सृजना पौडेलले शक्तिको आडमा भोटको दुरुपयोग गरिएको लेखेकी छिन् ।
त्यस्तै प्रदिप राईले लेखेका छन् –“यो प्राविधिक गडवडी नभएर त्यसलाई देखाएर गरिएको दुरुपयोग हो । त्यसैले यसको समयमै सम्बोधन होस् ।”

मतदाताहरु विवरणको दुरुपयोग भएको भन्ने गुनासो यसअघि नै सुनिदै आएको छ । मतदाताहरुको व्यक्तिगत नम्बरमा प्यानलकै भोटको अपिल गरिएको मेसेस गएपछि अध्यक्षका दुबै उमेद्वारले छानविन गर्ने प्रतिवद्धता जनाएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ