Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews‘छ माया छपक्कै’ ले ब्रिजवेनमा नेपाली पाठशालालाई सहयाेग गर्ने ।

‘छ माया छपक्कै’ ले ब्रिजवेनमा नेपाली पाठशालालाई सहयाेग गर्ने ।


व्रिजवेन

अष्ट्रेलियामा पछिल्लो समय नेपाली सिनेमा देखाउने स्थानिय संघसंस्थाले आफ्नो कमाईको केही हिस्सा सामाजिक कार्यमा समेत खर्च गर्न थालेका छन् ।
अष्ट्रेलियामा हरेक हप्ता जसो नेपाली सिनेमा देखाउने अवस्था आउनु सिंगो नेपाली कला क्षेत्रका लागि शुभ संकेत हो । त्यसमाथी सिनेमा ल्याउने स्थानिय संघसंस्थाले सामाजिक उत्तरदायित्व समेत वहन गर्न थालेपछि यहाँको नेपाली समुदायलाई थप फाईदा पुग्ने देखिन्छ ।

यति बेला चर्चा दिपक दिपाले निर्माण गरेको चलचित्र छ माया छपक्कैको छ ।
शिर्ष गित यु ट्युबमा रिलिज भएदेखि नै यसको चर्चा चुलिएको हो ।
दशैको अवसरमा नेपाल र अष्ट्रेलियामा छ माया छपक्कै एकै साथ रिलिज हुन लागेको हो ।
व्रिजवेनमा अक्टोवर ११ मा रिलिज हुन लागेको यो सिनेमाको टिकटको एक डलर नेपाली पाठशालालाई दिने आयोजकले जनाएको छ । व्रिजवेनमा छ माया छपक्कै सिनेमा देखाउने जिम्मा त्रिपल वान अनलाईन स्टोरले लिएको छ ।
२५ डलर टिकटको १ डलर ब्रिजवेनस्थित मोर्टन वेमा रहेको नेपाली पाठशालालाई दिन लागेको हो ।
सामुदायिक हितका लागि सधै लागि परेकाले सिनेमाबाट उठेको केही रकम पाठशालालाई सहयोग गर्न लागेको स्टोरका संचालक अमृत खत्रीले बताउनुभयो । यस अघि तिज धमाका कार्यक्रमबाट ५ सय व्रिजवेनमा नेपाली सामुदायिक भवन बनाउन सहयोग गरेको गैर आवासिय नेपाली संघ अष्ट्रेलिया कुईन्सल्याण्ड उपसंयोजक समेत रहेका खत्रीले बताउनुभयो ।

हाम्रो नेपाली क्लबले हरेक १५ दिनको आईतबार हाम्रो पाठशाला राम्रो पाठशाला संचालन गर्दै आएको छ । बिहान ९ देखि ११ बजेसम्म संचालन हुने पाठशालामा ३५ जना नेपाली बालबालिका पढिरहेका छन् । अष्ट्रेलियामा जन्मिएका दोस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपाली भाषा संस्कृति सिकाउन पाठशालाले महत्वपुर्ण भूमिका खेल्दै आएको छ ।
सिनेमाको एक डलर सहयोगले नेपाली पाठशालालाई चाहिने सामाग्री खरिद गर्न र नेपाली शिक्षकलाई पारिश्रमिक दिन मद्दत पुग्ने पाठशाला संचालक मध्येका एक भानु बरालले बताउनुभयो ।
ससना दोस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपाली भाषा संस्कृति सिकाउने अभियानमा साथ दिन पनि सिनेमा हलमा गएर छ माया छपक्कै चलचित्र हेरिदिन बरालले सबै कुईन्सल्याण्डवासी नेपालीलाई अनुरोध गर्नुभएको छ ।
विद्यार्थीका लागि ५ डलर छुटको व्यवस्था समेत गरेको त्रिपलवान अनलाईन स्टोरले जनाएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ