Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीका गुरुङले ‘अरुलाई सम्मान हाम्राे पहिचान’ भन्दै ल्हाेछार मनाउँदै ।

सिड्नीका गुरुङले ‘अरुलाई सम्मान हाम्राे पहिचान’ भन्दै ल्हाेछार मनाउँदै ।


मौलिख भेषभुषामा सजिएकी सिड्नीका तमू युवतीहरु

 सिड्नी/डिसेम्बर ६, सिड्नीका गुरुङ समुदायले आउदाे जनवरी ५ तारिखमा तमू ल्हाेछार मनाउने भएकाे छ । तमू समाज सिड्नीकाे आयाेजनामा हुन लागेकाे ल्हाेछार कार्यक्रममा आफ्नाे पहिचान जाेगाउन अरुकाे पनि सम्मान गर्न सिकाै भन्दै सन्देश दिन लागेकाे छ ।

त्यसैले यसपाली ‘नयाँ वर्ष तमू ल्हाेछार, अरुलाई सम्मान हाम्राे पहिचान’ भन्ने मुल नारा अघि सारिएकाे तमू समाज सिड्नीका अध्यक्ष टंक गुरुङले बताउनुभयाे । तमू ल्हाेछार कार्यक्रम सिड्नीकाे हर्जविलस्थित मराना अडिटरिम हलमा हुने आयाेजकले जानकारी गराएकाे छ । कार्यक्रममा गुरुङ नाच, गित, खनपिन र झाँकी प्रस्तुत गरिनेछ । ल्हाेछारका लागि हरेक वर्ष नेपालबाट कलाकार आउने गरेपनि यसपाली भने सिड्नी कै कलाकारकाे मात्रै प्रस्तुती रहने आयाेजकले जानकारी दिएकाे छ । ‘सिड्नीमै  प्रतिभा भएका यत्ति धेरै गुरुङ कलाकार छन्’ अध्यक्ष गुरुङ भन्छन् – त्यसैले यसपाली यहिकै कलाकारलाई प्राथमिकता दिदैछाै’ ।

‘नयाँ वर्ष तमु ल्हाेछार,

अरुलाई सम्मान हाम्राे पहिचान’

तमूहरुकाे पात्राेमा १२ वटा पशुपन्छी हुन्छ । पुस १५ मा जनावरकाे वर्ष परिवर्तन हुने दिनलाई गुरुङहरुले नयाँ वर्ष अर्थात ल्हाेछारकाे रुपमा मनाउने गर्छन् । यसपाली कुकुर वर्षलाई बिदाई गरि मृग वर्षलाई स्वागत गरिदैछ । अष्ट्रेलियामा बढ्दाे तमु समुदायका नयाँ पुस्तालाई तमू संस्कार सिकाउन ल्हाेछार महत्वपुर्ण भएकाे समाजका संस्थापक प्रेम तमू बताउनुहुन्छ । त्यस्तै तमुहरुलाई एकै ठाउमा ल्याउन पनि ल्हाेछार महत्वपुर्ण रहेकाे पुर्व अध्यक्ष देव गुरुङकाे भनाई छ ।

 

त्यसाे त, सन् २००५ देखि तमू ल्हाेछार कार्यक्रम भव्य हुदै आएकाे छ । झण्डै एक हजार भन्दा बढीकाे सहभागि रहने ल्हाेछारमा अन्य समुदायका मानिसकाे पनि बाक्लाे सहभागिता रहदै आएकाे छ । सन् १९९६ मा गठन भएकाे तमू समाज सिड्नीले अष्ट्रेलियामा गुरुङ संस्कृति संरक्षणमा महत्वपुर्ण भूमिका खेल्दै आएकाे छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ