Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा नेपाली पत्रकारहरु संगठित। पत्रकार महासंघसँग सहकार्य हुने

अष्ट्रेलियामा नेपाली पत्रकारहरु संगठित। पत्रकार महासंघसँग सहकार्य हुने


सिड्नी/अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरु संगठित भएका छन् । 

शनिवार सिड्नीकाे अर्वनमा बसेकाे पत्रकारहरुकाे भेलाले नेपलिज् अष्ट्रेलियन पत्रकार संघ दर्ताका लागि प्रकृया अघि बढाएकाे हाे । 

सेताेपाटी डटकमका अष्ट्रेलिया प्रतिनिधी हेमन्त काफ्लेकाे संयाेजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन भएकाे छ । समितिमा एसबिएस नेपाली सेवाका रिजेश अर्याल, अनलाईन खबरका मनऋषि धिताल, एमएन टिभीका चिरञ्जिवी देवकाेटा, कान्तिपुर दैनिकका नारायण खड्का र नेपाली पत्रका ऋषि आचार्य  छन् ।त्यस्तै, समितिमा नेपाल न्युज अष्ट्रेलियाका माधव गैरे, कृष्ण तिवारी, कान्तिपुर टिभी/नेपाल ट्युब अष्ट्रेलियाका सरल गुरुङ, हिमालयन रेडियाेका टिका कार्की, र  साउथ एसिया डटकमका राम खत्री पनि छन् । त्यस्तै पर्थका कमल सिलवाल, क्यानवेरका सुवेल भण्डारी, डिल्ली ढकाल र सरिता ढकाल पनि तदर्थ समितिमा छन् । 

अष्ट्रेलिया भ्रमणमा रहेका पत्रकार महासंघका महासचिव रमेश विष्टकाे उपस्थितीमा गठित समितिले ३ देखि ६ महिनाकाे समयअवधिमा संस्था दर्ता, निर्वाचन र सदस्यता वितरण सम्बन्धि आवश्यक तयारी पुरा गर्ने संयाेजक काफ्लेले जानकारी दिनुभयाे । 

कार्यक्रममा महासचिव विष्टले प्रवासमा रहेका पत्रकारहरु एकजुट हुदा, त्यहाँ रहेकाे सिंगाे नेपाली समुदायलाई नै फाईदा पुग्ने बताउनुभयाे । त्यस्तै, पत्रकार महासंघले यहाँकाे समितिबाट व्यवसायिक मर्यादाबाहेक कुनै पनि अवाञ्छित  लाभकाे आशा नराख्ने समेत विष्टले स्पष्ट पार्नुभयाे । 

कार्यक्रममा संयाेजक हेमन्त काफ्लेले याे कदमले अष्ट्रेलियामा रहेर जनतालाई सुसूचित गर्ने कर्ममा लागेकाे व्यवसायिक पत्रकारहरुलाई नैतिक शक्ति प्रदान गर्ने दावी गर्नुभयाे । 

अष्ट्रेलियन कानुन अनुसार दर्ता हुने पत्रकारहरुकाे याे संगठनकाे नेपालकाे पत्रकार महासंघकाे शाखाकाे रुपमा मान्यता पाउने छ । 

संघ दर्ता भएपछि मापदण्ड बनाएर यहाँ रहेका पत्रकारहरुलाई सदस्यता वितरण गरिनेछ । याे संघलाई राजनीतिक भागबण्डाबाट अछुताे राख्नुपर्ने धेरैकाे धारणा छ । 

तदर्थ समितिले आईतबार साँझ रकडेलमा एक कार्यक्रम गरि संघ गठनबारे जानकारी दिदैछ । 

हाल अष्ट्रेलियामा झण्डै दुई दर्जन नेपाली पत्रकार सक्रिय रहेकाे अनुमान छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ