NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Breaking News

ट्वीटरमा चिनियाँ कम्युनिष्ट पार्टीको आलोचना गर्ने अनलाइनकर्मी एवं व्यंग्यकार जेलमा

nepaltube

हेनान। मध्य चिनियाँ प्रान्त हेनानको एक अदालतले चीनका प्रभावशाली अनलाईनकर्मी तथा कलाकार चेन शाओतियनको जेल सजाँय घटाएर १४ महिना बनाइदिएको थियो। शाओतियनले ट्विटरमा सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीका कारण नागरिकको जीवन कठीन रहेको भन्दै टिप्पणी गरेका थिए।

अनलाईनकर्मी तथा कलाकार शाओतियनलाई पार्टीको आलोचना गरेको भन्दै हेनानको फुगौ काउन्टी पीपुल्स कोर्टले १ बर्ष २ महिनाको जेल सजाय सुनाएको थियो। उनीमाथी ५० भन्दा बढी ट्विट गरी चिनियाँ प्रणालीमा हमला गरी राज्यका कर्मचारीलाई अपमान गरेको, चीनको राष्ट्रिय छविलाई गम्भीर क्षति पुर्‍याएको, राष्ट्रिय हितलाई खतरामा पारेको तथा सार्वजनिक स्थानमा अस्थिरता पैदा गरेको आरोपमा अदालतले दोषी ठहर गरेको थियो। स्रोतः रेडीयो फ्री एशिया

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार

ट्वीटरमा चिनियाँ कम्युनिष्ट पार्टीको आलोचना गर्ने अनलाइनकर्मी एवं व्यंग्यकार जेलमा | NepalTube