NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

ट्रान्जिटमा रोकिएका नेपालीको विवरण संलकन सुरु

Nepal Tube

काठमाडौं । नेपालको कन्सुलर सेवा विभाग मार्फत यूएई लगायतका खाडी मुलुकमा ट्रान्जिटमा रोकिएका नेपालीहरूको विवरण संकलन थालिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार हाल २५० को हाराहारीमा नेपाली ट्रान्जिटमा रोकिएकाे प्रारम्भिक बिवरण प्राप्त भएको छ । नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा यूएईमा रहेका नेपालीहरूको विवरण पहिलो चरणमा संकलन थालिएको बताइएको छ । नेपाली राजदूतावासले यूएई ट्रन्जिट परेर रोकिएका यात्रुलाई अनलाइन तथा क्युआर कोडमार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

इरान र इजरायल–अमेरिकाबीचको युद्धका कारण समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ । परराष्ट्र मन्त्रालयले ट्रान्जिटमा रोकिएकाहरुको संख्या हजारसम्म पुग्ने अनुमान गरेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार