NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

बालिकालाई यौन हिंसा गरेको आरोपमा अमेरिकामा एक नेपाली पक्राउ !

nepaltube

काठमाडौं । एक बालिकालाई यौन हिंसा गरेको आरोपमा अमेरिकामा एक नेपाली पक्राउ परेका छन् । गत जुलाई १६ मा अमेरिकी राज्य भर्जिनियाको प्रिन्स विलियम काउन्टीमा बालिकालाई दुई पटक यौन दुर्व्यवहार गरेको उजूरी परेसँगै रविराज बोहरा पक्राउ परेको अमेरिकी मिडिया फक्स फाइभ डिसीले जनाएको हो ।

हिंसामा परेकी बालिकाले परिवारलाई खबर गरेपछि यो घटना प्रहरीसम्म पुगेको थियो । उजूरी लगत्तै बोहरा पक्राउ परेका थिए । १३ वर्ष मुनिकी ती बालिकालाई बोहराले जथाभाबी छोएको आरोप लागेको छ । आरोपमाथी प्रहरीले अनुसन्धान गरिरहेकाले कुन कसुरमा मुद्धा अघि बढ्न अहिले नै एकिन भएको छैन । अनुसन्धानबाट खुल्ने तथ्य र प्रमाणका आधारमा मुद्धा अघि बढ्ने आँकलन गरिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार