NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

पूर्व क्रिकेटर सन्दीपको पुनरावेदन उजुरीमाथी उच्च अदालतले तोक्यो चैत २३ मा पेशी

nepaltube

काठमाडौं । पूर्व क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध गरेको पुनरावेदनमाथी उच्च अदालत पाटनले पहिलो पेशी तोकेको छ । उच्च अदालत पाटनले पुनरावेदन मुद्धामाथी चैत २३ गतेलाई पेशी तोकिएको जानकारि दिएको हो ।

उच्चले अदालतले पहिलो तारेखका लागि सन्दीपलाई बिहिबार बोलाएको थियो । सन्दीप आफै अदालतमा हाजिर भएर पेशी बुझेको बताइएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा सन्दीपलाई ८ वर्षको जेल सजाय सुनाएको छ । उक्त सजाय बदरको माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका छन् ।

प्रारम्भिक सुनुवाईका क्रममा उच्च अदालत पाटनले हिरात बाहिरै बसेर पुनरावेदन गर्न आदेश दिएको छ । अब उच्च अदालतबाट आउने फैशलाले सन्दिपको मुद्धाको अन्तिम किनारा पाउनेछ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार