NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

तनहुँ बस दुर्घटना अपडेट : १६ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

२७ जनाको मृत्यु !

nepaltube

काठमाडौं । यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी ऐनापहाराबाट मर्स्याङदी नदीमा खरेर दुर्घटना हुदा घाइते भएका १६ जनालाई थप उपचारका लागि काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । पहिलो पटक १२ र पछिल्लो पटक ४ जना गरी १६ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं शिक्षण अस्प्ताल ल्याइएको हो ।

भारतीय पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मस्र्याङ्दी नदी किनारमा खसेको थियो । चालकसहित ४३ यात्रु रहेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थाननजिकै मस्र्याङ्दी नदीमा खसेर दुर्घटनामा परेको थियो । दुर्घटनापछि घटनास्थलमै १४ जनाको मृत्यु भएको पुष्टि भएको थियो । अचेतावस्थामा रहेका बाँकी १३ जनाको समेत मृत्यु पुष्टि भएसँगै मृतकको संख्या २७ पुगेको छ ।

गोरखपुरबाट केशरवानी परिवहन ट्राभल्सको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोट्र्स होटलमा बसेर काठमाडौं हिँडेको र अकस्मात दुर्घटना भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार