NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

५० हजार धरौटीमा छुटे खगेन्द्र सुनार

Nepal Tube

काठमाडौं ।  जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई ५०  हजार धरौटीमा छोड्ने आदेश दिएको छ ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको हो । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा मुद्दा चलेपछि फरार भएका सुनार बिहीबार बिहान आफै काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित हुनुभएको थियोे । सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलौज गरेपछि साइबर ब्यूरोमार्फत मुद्दा अदालत पुगेको थियो ।

पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नाम श्रममन्त्रीमा सिफारिस भएको थियो । उनीमाथि यही मुद्दाकाे विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटेको थियो । तस्बिर : नेपाल फाेटाे लाइब्रेरी

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार