तीन महिनामै सशस्त्र र प्रहरीका एक हजारले छाडे जागिर

काठमाडौं । पछिल्लो समय सशस्त्र र प्रहरीमा जागिर छाड्नेहरु बढ्न थालेका छन् । पछिल्लो तीन महिनामा एक हजारले जागिर छाड्नेमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका छन् ।
यो तीन महिनाको अवधिमा नेपाल प्रहरीका करिब साढे ४ सय र एपीएफका करिब साढे ५ सय अधिकृत र जवानले राजीनामा दिएका हुन् । राजीनामा दिनेमध्ये कोही २० वर्ष सेवा पूरा गरेका रहेको पाइएको छ । कोही ५ वर्ष मात्रै सेवा गरेका छन् । जागिर छाड्नेहरुले ‘घरायसी’ र ‘व्यक्तिगत’ कारण उल्लेख गरेका छन् ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







