NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

राम सीता विवाह पञ्चमी जानकी मन्दिरमा धुमधामका साथ सम्पन्न

Nepal Tube

धनुषा । राम सीता विवाह पञ्चमी जनकपुरस्थित जानकी मन्दिर परिसरमा धुमधामका साथ मनाइएको छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् राम र सीताको विवाह महोत्सव  विधिपूर्वक सम्पन्न गरिएको हो ।

त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा विवाह पञ्चमी पर्व मनाइन्छ ।त्रेतायुगमा मिथिलाका राजा जनककी छोरी सीताको स्वयंवरका लागि  शर्त स्वरूप राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको ऐतिहासिक परम्परा रहिआएको छ । मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरीएको हो ।

भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी  राम मन्दिरबाट बाजागाजा, झाँकीसहित  रङ्गभूमिमा पुर्याइन्छ भने त्यस्तै गरी जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा  लगिन्छ । रङ्गभूमिमा विवाहको विभिन्न विधि सम्पन्न पश्चात सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ  र  मिथिला संस्कृति अनुसार विवाह सम्पन्न गरिन्छ । (फोटो : नेपाल फोटो लाइब्रेरी)

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार