NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

टी–२० विश्वकप : समूह चरणमा नेपालका सबै खेल मुम्बईमै

Nepal Tube

काठमाडौं। आईसीसी टी–२० विश्वकप २०२६ मा नेपालले समूह चरणका सबै खेल भारतको मुम्बईमा खेल्नेगरि खेल तालिका सार्वजनिक भएको छ।

फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्धको खेलसँगै नेपालको टी–२० विश्वकप यात्रा सुरु हुनेछ। यसपछि फेब्रुअरी १२ मा इटलीसँग, फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग र फेब्रुअरी १७ मा बंगलादेशसँग नेपालले भिड्नेछ।

टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ । ७ सहरका ८ फरक स्थानमा खेल हुँदा भारतका ५ सहर र श्रीलंकाका २ सहरमा टी–२० विश्वकप २०२६ का खेलहरु हुनेछन । (Photo-can Fb)

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार