NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

लुम्बिनी बन्यो एनपीएल सिजन-२ च्याम्पियन, यी हुन ५ उत्कृष्ट खेलाडी

Nepal Tube

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।

लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाउनुभयो । डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा ० रनमा आउट हुँदा निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित रहनुभयो । टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाउने बाहेक अरु ब्याट्सम्यान चल्न सकेनन ।

एनपीएल सिजन-२ का ५ उत्कृष्ट खेलाडी, कस्ले के पाए ? 

१. लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको सर्वाेत्कृष्ट नेपाली खेलाडी घोषित,  ओमोडा कार पुरस्कार ।

२. लुम्बिनी लायन्सका शेर मल्ल प्रतियोगिताको उत्कृष्ट  उदीयमान खेलाडी, पल्सर बाइक उपहार ।

३. लुम्बिनीका रुवेन ट्रम्पलम्यान बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी, ५ लाख पुरस्कार ।

४. विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको उत्कृष्ट बलर, पल्सर बाइक पुरस्कार ।

५. लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित,  पल्सर बाइक पुरस्कार ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार