NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

संविधानलाई लिकमा फर्काउन संसद् पुनर्स्थापना नै उपयुक्त विकल्प : सभामुख घिमिरे

Nepal Tube

काठमाडौं । सभामुख देवराज घिमिरेले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशको संविधान नै लिकभन्दा बाहिर गएको दाबी गर्दै निकासका लागि संसद पुनःस्थापन हुनुपर्ने बताउनुभएको छ ।

झापामा पत्रकार सम्मेलन गरेर सभामुख घिमिरेले निर्वाचन र संसद पुनःस्थापनाका दुई विकल्प मध्ये पहिलो संसद् पुनर्स्थापना गरेर तत्कालीन आन्दोलनकारीका जायज मागहरू कानुन संशोधन मार्फत पूरा गर्दै निर्वाचनमा जानु उपयुक्त  हुने बताउनु भएको हो ।  अहिले सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा छिटो फैसलाको अपेक्षा उहाँले गर्नुभएको छ ।

जेनजी आन्दोलन र विध्वंसले देशको मानवीयसँगै खर्बौँको सरकारी एवम् निजी भौतिक संरचना ध्वस्त भएको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका समेतमा गरिएको प्रहार निकै नै गम्भिर रहेको सभामुख घिमिरेले  बताउनुभयो ।  अहिले संविधानलाई लिकमा चढाएर हिँडाउनु हामी सबैको दायित्व भएको उहाँको जिकिर छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार