NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको राजीनामा

Nepal Tube

काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा बुझाउनुभएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने योजनासहित प्रमुख पाण्डेले राजीनामा दिनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ ।

पाण्डेले बुझाएको राजीनामा स्वीकृतिका लागि अधिकृत गुरागाईँले मेयर बालेन शाहसमक्ष सिफारिस गर्नेछन् । यसपछि मात्रै राजीनामा स्वीकृत हुनेछ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार