NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित नयाँ संसद भवनमा

Nepal Tube

काठमाडौं । जेन जि आन्दोलनपछि पहिलोपटक सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बसेको छ ।

दिउँसो सवा १ बजे सिंहदरबारमा सुरु भएको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउनुभएको छ । राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना समेत जानकारी गराइएको छ ।

यस्तै राष्ट्रिय सभाका विभिन्न समितिबाट विधेयक र गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न अध्यादेश पेश गर्नुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार