माघ १४ देखि १७ गतेसम्म ‘काठमाडौँ महोत्सव २०८२’ आयोजना हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले यही माघ १४ देखि १७ गतेसम्म ‘काठमाडौँ महोत्सव २०८२’ आयोजना गर्दैछ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघले यसबारे जानकारी दिइएको हो। महोत्सवमा खानपान, व्यवसायीक उत्पादनका स्टल, उद्धमी बन्नेहरुका लागि ज्ञान, सीप लगायतको परामर्शका लागि विभिन्न स्टलहरु रहनेछन् ।
नेपाल उद्योग वाणिज्य महासंघले व्यवसाय प्रवर्द्धन र बजारिकरणको अभियानका रुपमा देशभर यस्ता महोत्सवलाई निरन्तरता दिदै आएको छ ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







