भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव तथा काठमाडौं बिजनेस एक्स्पो’ सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव तथा काठमाडौं बिजनेस एक्स्पो’ सुरु भएको छ।

महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गर्नुभएको हो । स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १७ गतेसम्म सञ्चालन हुने बताइएको छ।

महोत्सवमा करिब दुई सय व्यावसायिक स्टलहरू राखिएका छन्। Photo- NPL
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







