NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

धुम्म काठमाडौँ, केहि स्थानमा हल्का वर्षा

Nepal Tube

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली भएको छ।

बुधबार बिहानदेखि नै देशका उच्च भू–भाग, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षासहित हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली देखि बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा भएको छ ।

बिहानैदेखि काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा  हुँदा दैनिक जनजीवन प्रभावित भएको छ । स्विस वायु प्रदूषण मापन एप ‘आईक्यूएयर’का अनुसार काठमाडौँको वायु गुणस्तर ‘अति अस्वस्थकर’ स्तरमा पुग्दा अत्यावश्यक बाहेक काममा बाहिर ननिस्किन, मास्क प्रयोग गर्न चिकित्सकले सुझाब दिएका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार