NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

चुनावपछि आउने नयाँ संसद्को बैठक सिंहदरबारभित्रै बस्ने

Nepal Tube

काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसद्को बैठक सिंहदरबारस्थित नयाँ संसद भवनमा राख्ने तयारी गरिएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसंग निरन्तर सम्वादमा रहेको र सिंहदरबारमै रहेको नयाँ संसद् भवन प्रयोग हुने जानकारी दिनुभएको हो । नयाँ संसद् भवनमा सभा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू न्यूनतम रूपमा भए पनि प्राप्त हुने संसद् सचिवालयले जनाएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार