कोरोना कोरोना संक्रमित प्रदेश २ प्रहरी प्रमुख धीरजप्रताप सिंह अस्पताल भर्ना

काठमाडौं । प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) धीरजप्रताप सिंह अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमण देखिएपछि सिंह नेपाल प्रहरी अस्पतालमा भर्ना हुनुभएको हो ।
मंगलबार कोरोना पुष्टि भएसँगै सिंह उपचारका लागि जनकपुरबाट काठमाडौंस्थित प्रहरी अस्पताल आउनुभएको बताइएको छ । सिंहलाई खोकीको समस्या भए पनि स्वास्थ्य सुधारोन्मुख र अवस्था सामान्य रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । कोरोना परीक्षणका लागि सोमबार स्वाब दिइएकोमा मंगलबार सिंहको कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
तपाईको प्रतिक्रिया