हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या ४ पुग्यो
नेपालट्युब

मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार उद्धार टोलीले सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो।
यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो। थप दुई शव भेटिएसँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ।
एनएनएमजीएले अझै बेपत्ता रहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






