NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

युरोपेली मुलुक स्विडेनले पायो पहिलो पटक महिला प्रधानमन्त्री

nepaltube

एजेन्सी । स्विडेनको राजनीतिक इतिहासमै पहिलो पटक महिला नेतृले सरकारको नेतृत्व गरेकि छिन । माग्डालेना अन्डेर्सन प्रधानमन्त्रीमा निर्वाचित भएसँगै रेकर्ड ब्रेक भएको हो ।

संसदबाट प्रधानमन्त्री बनाउने प्रस्ताव पारित भएसँगै अन्डेर्सन स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । निवर्तमान अर्थमन्त्री समेत रहेकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिककी नेतृ समेत हुन् । संसदमा रहेका ११७ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरे ।

१७४ मत विपक्षमा परेपछि नयाँ प्रधानमन्त्रीका रुपमा माग्डालेना अन्डेर्सन निर्वाचित भएकी हुन् । संसद सचिवालयका अनुसार मतदानको समयमा ५६ सांसद अनुपस्थित थिए । स्विडेनको संसदमा ३४९ सांसद रहेका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार